Posts

बिजुलीबाट चल्ने सार्वजनिक बसकाे शुभारम्भ आजबाट

Image
भाद्र २२,                                            काठमाडाैमा आजबाट बिजुलीबाट चल्ने सार्वजनिक बस सञ्चालनमा आएको छ । निजी क्षेत्रको सुन्दर यातायातले पाँचवटा रुटमा बिजुली बसको सेवा सञ्चालनमा ल्याएको हो । दिउँसो भृकुटीमण्डपमा विशेष कार्यक्रम गरेर बस सञ्चालन गरिनेछ । सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्नेछन् । अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ । बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको कम्पनीले जनाएको छ । बसका सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसन समेत बसमा राखिएको छ

गाेर्खालिकाे निशुल्क खाना दाेस्राे हप्ता झनै सभ्य र भव्य

Image
बुटवल,२१                                                            गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देहीको निशुल्क खाना बितरण कार्यक्रम दोश्रो हप्ता पनि सभ्य र भब्य रुपमा सफल भएको छ । समाजमा दिन दुखी र गरिब हरुलाइ केही भएपनी पेट भरियोस् र खाना संगै मनोरंजन का साथ रमाइलो गर्ने बाताबरण भएको सस्थाका अध्यक्ष पुरिले बताए । भने जन्म दिनको अबसर पारेर यसै सस्थाका संरक्षक नरेस्वर पौडेलले आफ्नो जन्म दिनमा फजुल खर्च नगरी यसै अभियान लाई सहयोग गर्नु भयो र सम्पुर्ण लाई आफ्नो जन्म दिन यस्तै सामाजिक कार्य हरु गरेर मनाउन आग्रह गरे निशुल्क खानाको दोस्रो हप्तामा ६५ जनाले खानु भयो र गोर्खालि परिबार संगै नाचेर रमाइलो गरेर एउटा आफ्नै घरको परिबार जस्तै रमाइलो गरेर दोश्रो हप्ताको अभियान सफल भएको सस्थाका सदस्य तथा कार्यक्रम संयोजक रामचन्द्र पौडेलले जनाकारी दिए।