बिजुलीबाट चल्ने सार्वजनिक बसकाे शुभारम्भ आजबाट

भाद्र २२,                                           
काठमाडाैमा आजबाट बिजुलीबाट चल्ने सार्वजनिक बस सञ्चालनमा आएको छ ।
निजी क्षेत्रको सुन्दर यातायातले पाँचवटा रुटमा बिजुली बसको सेवा सञ्चालनमा ल्याएको हो । दिउँसो भृकुटीमण्डपमा विशेष कार्यक्रम गरेर बस सञ्चालन गरिनेछ ।
सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्नेछन् ।
अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ । बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको कम्पनीले जनाएको छ । बसका सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसन समेत बसमा राखिएको छ

Comments

Popular posts from this blog

गाेर्खालिकाे निशुल्क खाना दाेस्राे हप्ता झनै सभ्य र भव्य